बागमती प्रदेश : बजेट पास गर्ने तयारीमा एमाले

तु खबर संवाददाता
२०७८ असार २७, आईतवार १२:०५
file-photo

मकवानपुर । बागमती प्रदेशसभाको आज बस्ने बैठकबाट सत्तापक्षले आगामी आर्थिक बर्ष ०७८÷७९ को बजेट पास गर्ने तयारी गरेको छ ।

विपक्षी दलहरुसंग लगातारको छलफल पछी केही सर्तहरुमा लचकता अपनाएर सत्तापक्षले बजेट पास गर्ने तयारी गरेको हो ।

तर, विपक्षी दलहरुले उठाएका विषयमा भने कुनै सहमति नभएको नेकपा एमालेका प्रमुख सचेतक दिपक निरौलाले बताए ।

‘हामी बजेट पास गर्ने तयारीमा छौँ, विपक्षी दलसंग त्यस्तो कुनै सम्झौता भने भएको छैन । उहाँहरु आफ्नै अडानमा हुनुहुन्छ । प्रदेशसभा संचालन गर्ने सहमति मात्रै भएको हो । आफ्नो आफ्नो कुरा सभामा राख्नेछौँ, त्यसपछि हामी बजेट पास गर्ने प्रक्रियामा अघि बढ्छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*