बागमती प्रदेशसभा बैठक आज, मुख्यमन्त्री पौडेलले जवाफ दिने

तु खबर संवाददाता
२०७८ असार २७, आईतवार १०:३३

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज ११ः ३० बजे बस्दैछ ।

हिजो शनिवारका लागि आह्वान गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै सूचना टाँस गरेर स्थगित गरेर आज विहान ११ः ३० बजेका लागि आह्वान गरेका थिए ।

आजको बैठकमा विपक्षी दलहरुले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने कार्यसूचि रहेको छ ।

प्रदेश सरकारको बजेट विनियोजन विधेयकमाथि छलफलका क्रममा विपक्षी दलहरुले विभिन्न माग राख्दै बैठक अवरुद्ध पार्दै आएका थिए ।

विपक्षी दलहरुको विरोधका कारण प्रदेशसभा बैठक गत असार १९ गतेदेखि अवरुद्ध हुँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दल कांग्रेसले विपद् व्यवस्थापनको बजेट जिल्ला प्रशासनलाई पठाउनु संघीयता विपरित भएकोले सिधै स्थानीय तहलाई पठाउनुपर्ने, ससर्ततर्फको अनुदान रकममा विभेद बन्द गरिनुपर्ने, विद्युतीय बस खरिद प्रक्रिया, सुरुङमार्ग निर्माण र सरकार मातहतको संचार गृह संचालनको निर्णय खारेज हुनुपर्ने माग गर्दै शनिवार देखि सदन अवरुद्ध गराउँदै आएका थिए ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*