नेप्सेमा विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार १६:२४

मकवानपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

यो साता नेप्सेमा एभरेष्ट इन्स्योरेन्स, सिभिल लघुवित्त, महिला सहयात्रा लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, मिर्मिरे लघुवित्त, निर्धन उत्थान लघुवित्त, स्वोरोजगार लघुवित्त र सांग्रिला विकास बैंकको गरी कूल ५७ लाख ४२ हजार २०२.९४ कित्ता सेयर सूचीकृत भएको हो ।

यो साता नेप्सेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७४४ कित्ता सेयर र सूचीकृत भएको छ । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको १३ लाख ३ हजार ३२०।२० कित्ता सेयर सूचीकृत भएको हो ।सिभिल लघुवित्तको ३।५ प्रतिशत बोनस बापतको ८१ हजार ८७६।७९५ कित्ता सूचीकृत भएको छ।

महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस बापतको १ लाख ३३ हजार १ सय कित्ता, नेशनल माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत बोनस बापतको ५ लाख ५४ हजार ४९५।०२५ कित्ता, निर्धन उत्थान लघुवित्तको १३ प्रतिशत बोनस बापतको १९ लाख ५० हजार कित्ता, स्वोरोजगार लघुवित्तको १२।३९ प्रतिशत बोनस बापतको ४ लाख ५३ हजार ४२१।७७ कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्दा बखतको कल इन एडभान्स बापतको २४ हजार ७९६।८० कित्ता संस्थापक सेयर र ९।१९९८ प्रतिशत बोनस सेयर बापतको ३ लाख ६४ हजार ४४८।३५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*