मकवानपुरमा कोरोनाका १ सय ४ जना संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार १६:०४
filr-photo

मकवानपुर । मकवानपुरमा कोरोनाका  १ सय ४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा थप १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ७५ जना, थाहा नगरपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ९ जना ,मकवानपुरगढी गाउँपालिकाका ४ जना, बागमती,कैलाश,भीमफेदी र बकैया गाउँपालिकाका एकएक जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यो संगै जिल्लामा संक्रिय सक्रमितको संख्या ७ सय ९ पुगेको छ । जसमा ६ सय ५१ जना घरमा र ५८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*