मकवानपुरमा कोरोनाका १ सय ४ जना संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा कोरोनाका १ सय ४ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा थप १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ७५ जना, थाहा नगरपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ९ जना ,मकवानपुरगढी गाउँपालिकाका ४ जना, बागमती,कैलाश,भीमफेदी र बकैया गाउँपालिकाका एकएक जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यो संगै जिल्लामा संक्रिय सक्रमितको संख्या ७ सय ९ पुगेको छ । जसमा ६ सय ५१ जना घरमा र ५८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
