सभामुख श्रेष्ठको एकलौटी निर्णय हामी मान्दैनौँ – कांग्रेस सचेतक लामा

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार १८:०७

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले प्रदेशसभा बैठक आह्वान गर्ने विषयमा सभामुख सानुमुमार श्रेष्ठले विपक्षी दलहरुसंग छलफल नगरी एकलौटी ढंगबाट निर्णय गरेको बताएका छन् ।

सभामुख श्रेष्ठले असार २६ गतेको लागि बैठक आह्वान गरेपछि कांग्रेस सचेतक लामाले आफुहरुसंग छलफल नगरिएको र एकलौटी ढंगबाट सभामुख अघि बढेको बताएका हुन् ।

तु खबरसंग कुराकानी गर्दै उनले सभामुखको एकलौटी निणर्य मान्य नहुने भन्दै विपक्षी दलहरु उठाएको भएपनि जायज विषयमा प्रदेश सरकार गम्भिर हुनुपर्ने
बताए ।

प्रदेशसभाको बैठक चलाउँन सबै विपक्षी दलहरुसंग सरकारको तर्फबाट आवश्यक समन्वय र छलफल गर्नुपर्ने भएपनि त्यसो हुन नसक्नुले प्रदेश सरकारले संकट निम्त्याएको उनको भनाई छ ।

उनले बैठक संचालनको लागि सबै दलहरुले उठाएको विषयमा छलफल गरी साझा सहमती बनाउन आवश्यक रहेको अवस्थामा सभामुख श्रेष्ठले एकलौटी निर्णय गरेर गलत बाटो हिड्न खोजेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दल कांग्रेसले विपद् व्यवस्थापनको बजेट जिल्ला प्रशासनलाई पठाउनु संघीयता विपरित भएकोले सिधै स्थानीय तहलाई पठाउनुपर्ने, ससर्ततर्फको अनुदान रकममा विभेद बन्द गरिनुपर्ने, विद्युतीय बस खरिद प्रक्रिया, सुरुङमार्ग निर्माण र सरकार मातहतको संचार गृह संचालनको निर्णय खारेज हुनुपर्ने माग गर्दै शनिवार देखि सदन अवरुद्ध गराउँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*