हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार १६:३६

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालमा थप १ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने ७७ वर्षीय पुरुष रहेको हेटौँडा अस्पतालका कोभिड–१९ इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार, ती पुरुषको अस्पतालको एचडीयु कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको कूल संख्या १०२ जना पुगेको छ । जसमा ६६ जना पुरुष र ३६ जना महिला रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*