हेटौँडा अस्पतालका सबै सेवा भोलिदेखि सुचारु हुने

तु खबर संवाददाता
२०७८ असार २३, बुधबार ०८:५५

मकवानपुर । हेटौँडा अस्पतालको सबै सेवा भोलि बिहिबारबाट सुचारु हुने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको उपचारका लागि कोभिड अस्पतालको रुपमा रुपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको हेटौँडा अस्पतालको सबै सेवा सुचारु हुने भएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालले बिहिबार एक सूचना जारी गर्दै कोरोना भाइरसका कारण विगत २ महिनादेखि आशिंक रुपमा ओ.पी.डी. संचालना रहेकोमा असार २४ गतेदेखि जनरल आई.सी.यु. बाहेक अन्य सबै सेवा संचालनमा ल्याउन जानकारी गराए ।

अझै पनि कोरोना संक्रमितको उपचारको लागि आइसियू सेवा प्रयोगमा आइरहेकोले अन्यका हकमा आइसियू सेवा तत्काल उपलब्ध नहुने अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*