कस्तुरीको बिनासहित ४ जना चिनियाँ पक्राउ

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार १८:२८

काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग गरिने सामग्रीसहित काठमाडौंबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

गएराति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँको ठमेलस्थित ज्याठाबाट दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग गरिने सामग्रीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झाओ पेनुचेङ्ग, मा जिङ्गबिन, निउ युलियाङ्ग र पेङ्ग हुई रहेको प्रैहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर चिनियाँलाई सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट नगद ८ लाख ८९ हजार रुपैयाँ पैसा, २० थान कस्तुरीको बिना, बुद्धचित्त माला, बाघको छाला, गाईको छाला, जुवा खेल्न प्रयोग गरिने गोटी र विद्युतीय टेबल नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्रेको थियो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*