सरकारले कोरोना विरुद्धको खोप खरिदमा पर्याप्त बजेट छुट्याउन सकेन: पाण्डे
मकवानपुर । बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदका लागि पर्याप्त बजेट छुट्याउन नसकेको बताएका छन् ।
शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै नेता पाण्डेले प्रदेश सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि पर्याप्त बजेट छुट्याउन नसकेको बताएका हुन् ।
उनले केन्द्रीय सरकार र नीजि क्षेत्रले समेत ल्याउन नसकेको कोभिड खोप कसरी आउँछ भन्नेबारे तत्काल छलफल गर्न जरुरी रहेको समेत बताए ।
सरकारले ल्याएको बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था नरहेको उनले बताए । सरकारले समीक्षा नै नगरी बजेट ल्याएकोले जनताको हित गर्छ नै भन्न नसकिने उनको भनाई छ ।
सरकारले जनतालाई झुक्याउनका लागि समाजवाद उन्मुख कार्यक्रममा बजेट नतोकेको उनको आरोप छ ।
