यी हुन् आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि भएको छ ।
उक्त शेयर बिक्री हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।
आज ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।
ओरियन्टल होटल ९ दशमलव ९७ अकंले बढेको छ । गुडबिल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

आज सर्वार्धिक गुमाउने कम्पनीमा कुमारी इक्विटी फन्ड रहेको छ। फन्डका इकाईधनीले ३ दशमलव ३३ प्रतिशतले गुमाएका छन् भने प्रभु सेलेक्ट फन्डका इकाईधनीले २ दशमलव ४४ अंकले गुमाएका छन् ।



