आज पाँच वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट

तु खबर संवाददाता
२०७८ असार १६, बुधबार १८:००
file-photo

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ ।

आज पाँच वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ ।

पोखरा फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टीपर्पस फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज एचआईडीसीएलका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको शेयर मूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*