श्रीलंकाबाट २५ नेपाली महिलाको उद्दार

तु खबर संवाददाता
२०७८ असार १२, शनिबार १८:०६
file-photo

काठमाडौं । अवैध रुपमा दलालले श्रीलंका पुर्याएका २५ नेपाली महिलाको उद्दार गरी स्वदेश फिर्ता ल्याएको छ ।

भारतको बाटो हुँदै श्रीलंंका पुर्याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकोमा सरकारले उद्दार गरी स्वदेश फिर्ता ल्याएको हो ।

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले शनिबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उद्दारका लागि पहल गरिँदै आएकोमा बिहीबार उनीहरुलाई नेपाल फर्काउन सफल भएको उल्लेख गरिएको छ ।

लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्ता पश्चात सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप स्वास्थ्य उपचारसहितको स्वास्थ्य सेवा प्रदान गरिएको कार्यकारी निर्देशक खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*