साउनभित्र खोप लगाउन पौड्यालले राखेको संशोधन प्रस्ताव अस्वीकृत
हेटौंडा । प्रदेशसभा सदस्य रमेश पौड्यालले आउँदो साउन महिनाभित्र प्रदेशका खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउन पर्ने भनी राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
जेठ २७ गते बागमती प्रदेश सरकारले प्रस्तुत गरेको वर्षिक नीति तथा कार्यक्रममा प्रदेश प्रमुख कोभिड–१९ खोप अभियान चलाउने उल्लेख थियो । सो प्रस्तावमाथि संसोधन राख्दै सदस्य पौड्यालले सो अभियान निकै राम्रो भएपनि त्यसमा थोरै संशोधन गरी २०७८ साउन महिनाभित्र सबै नागरिकलाई खोप लगाउने कुरा नीति तथा कार्यक्रममा थप्न आग्रह गरेका थिए ।
सभामुख सानुकुमार श्रेष्ठले सो संशोधन प्रस्तावलाई सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । तर, सभाले सो संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको छ ।
