उपेन्द्र यादवलाई निष्कासन गर्ने महन्थ पक्षको निर्णय

तु खबर संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १७:३९
file-photo

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यादव पक्षले ठाकुरसहित चार जना नेतालाई निष्कासन गरेको केही समयपछि ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासनको कारवाही गरेको छ ।

केपी ओलीलाई साथ दिएको लगायतका आरोपमा यादव पक्षले अर्का अध्यक्ष ठाकुर र नेताहरु राजेन्द्र महतो, सवेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारवाही गरेको थियो । यी सबैलाई साधारण सदस्यसमेतबाट हटाएको भन्दै यादवले निर्वाचन आयोगलाई समेत जानकारी गराएका छन् ।

त्यसको केही समय पछि नै ठाकुर पक्षले पनि यादवलाई कारवाहीको निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*