एमालेको स्थायी समिति बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी समिति बैठक बोलाएको छ । पार्टीका अन्तरीक विषयमा छलफलमा गर्न आइतबार साँझ ५ बजेका लागि स्थायी समिति बैठक बोलाएको हो ।
बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुने जनाइएको छ ।
नेकपा एमालेको माधव नेपाल समुहका १२ जना सांसद्हरुलाई विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टिकरण सोधिएको थियो । माधव समुहका १२ जना सांसद्ले उक्त स्पष्टिकरणको जवाफ पठाएका थिएनन् ।
स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी नेपा एमालेको ओली पक्षको रहेको छ ।
