ओलीले ‘कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेले : झलनाथ खनाल

तु खबर संवाददाता
२०७८ जेष्ठ १५, शनिबार ०९:४९
file-photo

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनमा धकेलेको बताएका छन् । उनले ओलीले ‘कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको बताएका हुन् ।

गणतन्त्र दिवशमा शुभकामना सन्देश जारी गर्दै इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको खनालले बताएका छन् ।

ओलीले निष्टावान त्यागी र इमान्दार कार्यकर्तालाई कारवाहीको डंडा चलाएको खनालले बताएका छन् । राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र अखण्डतालाई अक्षुण राख्न, राष्ट्रियताको पक्षमा सिंगो देशलाई एकतावद्ध बनाउन, प्रतिगनमन विरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने खनालले जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*