हेटौँडामा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन
मकवानपुर । हेटौँडामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ । असंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद् विघटन गरिएको भन्दै नेपाल तरुण दल हेटौंडा नगर समिति र वाइसिएल मकवानपुरले संयुक्त रुपमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।
हेटौँडा उपमहानगर वडा नम्वर–४ शितलमहल चोकमा युवाहरुले पुत्ला जलाएका हुन् । देश कोरोना महामारीमा थलिएको बेला प्रधानमन्त्री र राष्ट्रपतिले जनताको हित विपरित काम गरेको जनताको समस्या वेवास्था गरेको भन्दै पुत्ला जलाइएको तरुण नगर अध्यक्ष सुनिल गिरीले बताए ।
उपस्थिति तरुण दल र वाइसिएलका युवाहरुले केपि ओली मुर्दावाद, प्रधानमन्त्रीबाट राजिनामा दे जस्ता नारा लगाएका थिए ।
