मकवानपुरमा शुक्रबार १०९ जना कोरोना संक्रमित थपिए, कहाँ कति ?
मकवानपुर । मकवानपुरमा शुक्रबार १०९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार, शुक्रबार जिल्लामा ५४ जना महिला र ५५ जना पुरुष गरी १०९ जना कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का रहेका छन् । त्यहाँ शुक्रबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी, संक्रमण पुष्टि हुनेहरु हेटौँडा–१ का ८ जना, हेटौँडा–२ का ६ जना, हेटौँडा–४ का ७ जना, हेटौँडा–६ का ३ जना, हेटौँडा–७ का ४ जना, हेटौँडा–८ का ६ जना, हेटौँडा–९ का १३ जना, हेटौँडा–१० का ६ जना, हेटौँडा– ११ का ८ जना, हेटौँडा–१५ का ४ जना, हेटौँडा–१७ का २ जना, हेटौँडा–१८ का ३ जना, हेटौंडा–१९ का १ जना र वडा नम्बर खुल्न नसकेका हेटौंडाका अर्का ७ जना रहेका छन् ।
यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ३ जना, बकैयाका २ जना, कैलाशका एक जना र जिल्ला बाहिरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईंले जानकारी दिए ।
