हेटौँडा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ बैशाख २९, बुधबार १५:१९

मकवानपुर । हेटौँडा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट हेटौँडाका दुई जना र भीमफेदीका एक जना पुरुष गरी तीन जनाको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

संक्रमणबाट भीमफेदी गाउँपालिका वडा नम्वर–६ का ५९ वर्षीय एक पुरुषको आज बिहान १० बजेर ५ मिनेटको समयमा मृत्यु भएको हो ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१ का ५० वर्षीय एक पुरुषको आज बिहान ९ बजेर २० मिनेटको समयमा मृत्यु भएको हो भने हेटौँडा उपमहानगरपालिका वडा नम्वर–३ बस्ने ६५ वर्षीय एक पुरुषको हिजो मंगलबार साँझ ६ बजेर ३८ मिनेटको समयमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*