बुधबार नेप्से परिसूचक ५.०९ अंकले घट्यो
काठमाडौं । बुधबार ६ अर्ब २१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा आइपुगेको हो ।
१ करोड ४८ लाख ६७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । आज ४ समूहको सूचक वृद्धि भएको छ भने बाँकी समुहको सूचक घटेको छ ।
दुईवटा कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिले बढेको छ । सेयर मूल्य १० प्रतिशतले बृद्धि हुने कम्पनीमा रैर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ ।



