हेटौँडामा भोलिबाट मोलापोत र नापी कार्यालय बन्द हुने

तु खबर संवाददाता
२०७८ बैशाख १५, बुधबार १६:२८

मकवानपुर । मालपोत कार्यालय मकवानपुर भोलिबाट अर्को सूचना नआएसम्मको लागि बन्द गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय मकवानपुरको बुधबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदन बढ्दै गएको र त्यसलाई नियन्त्रण तथा न्यूनिकरण गर्नका लागि अत्याधिक मात्रामा भिडभाड हुने स्थान मालपोत कार्यालय अर्को सूचना नआएसम्मको लागि बन्द गर्ने उक्त बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, उक्त बैठकले जिल्लामा भोलिदेखि नापी कार्यालय पनि बन्द गर्ने निर्णय गरेको छ । उक्त स्थान निकै भिडभाड रहने हुँदा आन्तरिक काम बाहेक जनसेवा कार्यलाई अर्को आदेश नआएसम्म बन्द गर्न भनिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

जिल्लामा आज बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*