कांग्रेस पदाधिकारी बैठक बस्दै

तु खबर संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार १४:४०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गर्नुअघि कांग्रेस पदाधिकारी बैठक बोाइएको पार्टीका प्रवत्तला विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार, समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको हो ।

पदाधिकारी र पूर्व पदाधिकारीको बैठक शुक्रबार अपराह्न ३ बजे बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको छ ।

उक्त बैठकमा राजनीतिक सत्ता समीकरण, पार्टीको आगामी महाधिवेशनलगायतका विषयमा छलफल हुने प्रवक्ता शर्माको भनाइ छ ।

पदाधिकारी बैठकलगत्तै सभापति देउवाले जसपाका नेताहरुसँग छलफल गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*