सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।
कांग्रेसले संसद् विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ । उन्ले आज एक अपिल जारी गर्दै पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर उक्त कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरे ।
सो कार्यविरुद्ध कांग्रेस सम्पूर्णरुपले एकमत साथ उभिएको उल्लेख गर्दै उहाँले जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात अहिले सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको बताएका छन् ।
