कांग्रेस महाधिवेशनको तयारी तीव्र: ७७ जिल्लामा को-को खटिए प्रतिनिधि ?
नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि सुरु गरेको ‘जरा अभियान’ अन्तर्गत देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सातै प्रदेशका जिल्लाहरूमा संगठन सुदृढीकरण र सदस्यता अद्यावधिकका लागि प्रतिनिधिहरूले कार्य प्रारम्भ गरिसकेका छन् ।
कोशी प्रदेशका जिल्लाहरूमा झापाका लागि मोरङका वसन्त भट्टराई र तेह्रथुमका रुद्रबहादुर कन्दङ्वा खटिएका छन् भने मोरङमा झापाका सुधीरकुमार शिवाकोटी र इलामका नगेन्द्र कुमार कुमाललाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, सुनसरीमा मोरङका अमृत कुमार अर्याल र यदु विष्ट खटिएका छन् । पहाडी जिल्लाहरू ताप्लेजुङका प्रतिनिधि संखुवासभामा, झापाका प्रतिनिधिहरू तेह्रथुम र सोलुखुम्बुमा तथा मोरङका प्रतिनिधि भोजपुरमा खटिएका छन् ।
मधेश प्रदेशका आठवटै जिल्लामा पनि प्रतिनिधिहरूको कार्यविभाजन गरिएको छ । सप्तरीमा रोल्पाका मनोजमणि आचार्य र पर्साका राकेश सिंह खटिएका छन् भने सिराहामा पर्साका रामरुप प्रसाद कुर्मी र सर्लाहीका दिपक अधिकारीलाई पठाइएको छ । धनुषामा मोरङका केशव निरौला र अछामका तपेन खड्काले जिम्मेवारी पाएका छन् ।
महोत्तरीमा धनुषाका निलम शाह र पर्साका अजयकुमार द्विवेदी तथा सर्लाहीमा सुनसरीकी नवोदिता चौधरी र सिन्धुपाल्चोकका वलदेव तिमिल्सीना खटिएका छन् । रौतहटमा काठमाडौँकी प्रतिमा गौतम र सप्तरीका ई. सकलदेव सुतिहार, बारामा ललितपुरका मथुराप्रसाद घिमिरे र रामेछापकी विनिता खड्का तथा पर्सामा रौतहटकी अन्जु झा र धनुषाका प्रफुल्लकुमार घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेशमा काठमाडौँ जिल्लाका लागि गोरखाका चिनकाजी श्रेष्ठ र काभ्रेका सार्कीमान वललाई खटाइएको छ भने ललितपुरमा काठमाडौँका राजेन्द्रकुमार के.सी. र गोरखाकी मनकुमारी गुरुङ खटिएका छन् । भक्तपुरमा काठमाडौँका डा. अमिता प्रधान र ललितपुरका बाबुराजा चित्रकारले जिम्मेवारी पाएका छन् ।
चितवनमा नवलपुरकी विष्णुदेवी पाण्डे र गोरखाका ई. दिपकबाबु कँडेल खटिएका छन् । त्यसैगरी, मकवानपुरमा काठमाडौँका गंगा सुनार र श्रीराम लामिछाने, धादिङमा नुवाकोटका डा. केदारनरसिंह के.सी. र काठमाडौँका सविन तामाङ तथा नुवाकोटमा भक्तपुरका अष्टकुमार कवे र काठमाडौँका ई. लक्ष्मण के.सी. खटिएका छन् ।
गण्डकी र लुम्बिनी प्रदेशमा पनि उत्तिकै सक्रियताका साथ प्रतिनिधिहरू खटिएका छन् । कास्कीमा नवलपुरका गणेश सापकोटा, म्याग्दीका रेशमबहादुर वानियाँ र स्याङ्जाका विष्णु पौडेललाई खटाइएको छ । नवलपुरमा चितवनका जीतनारायण श्रेष्ठ र काठमाडौँका सुशिल भट्टले जिम्मेवारी पाएका छन् ।
लुम्बिनी प्रदेशतर्फ रुपन्देहीमा पाल्पाका राजेन्द्र गोपाल सिंह र प्यूठानकी निमा गिरी खटिएका छन् भने कपिलवस्तुमा अर्घाखाँचीका कमलप्रसाद भुसाल र दाङका कमलकिशोर घिमिरेले कार्यभार सम्हालेका छन् । दाङमा बर्दियाकी पवित्राकुमारी अर्याल र नवलपुरका शंकर तिवारी तथा बर्दियामा गुल्मीका मोतीलाल भण्डारी र प्रेम भण्डारी एवं दाङका प्रदीपराज शर्मालाई खटाइएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरूमा पनि कांग्रेसले अनुभवी नेताहरूलाई खटाएको छ । सुर्खेतमा कालिकोटका नारायणप्रसाद भट्टराई र दैलेखमा जाजरकोटका दिपकजंग शाह र रुकुम पश्चिमका खड्ग डाँगी खटिएका छन् । सुदूरपश्चिमको कैलालीमा बझाङका जगतप्रसाद जोशी र स्याङ्जाका युवराज पाण्डेयलाई जिम्मेवारी दिइएको छ भने कञ्चनपुरमा बैतडीका नरेन्द्रप्रसाद भट्ट र दार्चुलाका पदमराज पन्त खटिएका छन् ।
अछाममा कैलालीका हिमबहादुर रावल र कञ्चनपुरका लेखराज जोशीलाई पठाइएको छ । यी प्रतिनिधिहरूले आगामी वैशाख महिनाभर सम्बन्धित जिल्लामा रहेर सदस्यता नवीकरण र ‘कांग्रेस आई डी’ वितरणको कामलाई सहजीकरण गर्नेछन् ।
७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको पूर्ण विवरण
कोशी प्रदेश
१. ताप्लेजुङ: मुक्ता यादव (धनुषा)
२. पाँचथर: चन्द्रादेवी जोशी (काठमाडौँ)
३. इलाम: अग्नीप्रसाद पौडेल (धनकुटा) र मेदिनीप्रसाद सिटौला (झापा)
४. संखुवासभा: मंगल म्यान्याङ्बो (ताप्लेजुङ)
५. तेह्रथुम: सुरेशकुमार योङ्ग्या (झापा)
६. धनकुटा: शारदादेवी कोइराला (तेह्रथुम)
७. भोजपुर: सूर्यराज राई (मोरङ)
८. खोटाङ: बाला अधिकारी (ओखलढुंगा)
९. सोलुखुम्बु: उमा शिवाकोटी (झापा)
१०. ओखलढुंगा: दिलकुमारी राई (सुनसरी)
११. उदयपुर: हिमालय कर्माचार्य (इलाम) र नवराज त्रिपाठी (बारा)
१२. झापा: वसन्त भट्टराई (मोरङ) र रुद्रबहादुर कन्दङ्वा (तेह्रथुम)
१३. मोरङ: सुधीरकुमार शिवाकोटी (झापा) र नगेन्द्र कुमार कुमाल (इलाम)
१४. सुनसरी: अमृत कुमार अर्याल (मोरङ) र यदु विष्ट (मोरङ)
मधेश प्रदेश
१५. सप्तरी: मनोजमणि आचार्य (रोल्पा) र राकेश सिंह (पर्सा)
१६. सिरहा: रामरुप प्रसाद कुर्मी (पर्सा) र दिपक अधिकारी (सर्लाही)
१७. धनुषा: केशव निरौला (मोरङ) र तपेन खड्का (अछाम)
१८. महोत्तरी: निलम शाह (धनुषा) र अजयकुमार द्विवेदी (पर्सा)
१९. सर्लाही: नवोदिता चौधरी (सुनसरी) र वलदेव तिमिल्सीना (सिन्धुपाल्चोक)
२०. रौतहट: प्रतिमा गौतम (काठमाडौँ) र ई. सकलदेव सुतिहार (सप्तरी)
२१. बारा: मथुराप्रसाद घिमिरे (ललितपुर) र विनिता खड्का (रामेछाप)
२२. पर्सा: अन्जु झा (रौतहट) र प्रफुल्लकुमार घिमिरे (धनुषा)
बागमती प्रदेश
२३. दोलखा: शिव सुनार (सिन्धुपाल्चोक)
२४. रामेछाप: किरण गिरी (काठमाडौँ)
२५. सिन्धुली: उमा दाहाल (मकवानपुर) र रत्न कार्की (रामेछाप)
२६. काभ्रेपलाञ्चोक: गीता सत्याल (ललितपुर) र अर्जुनकुमार उप्रेती (धादिङ)
२७. सिन्धुपाल्चोक: धर्मराज गौतम (काठमाडौँ) र डा. सुरजराज काफ्ले (काठमाडौँ)
२८. रसुवा: सिता मिजार (नुवाकोट)
२९. नुवाकोट: अष्टकुमार कवे (भक्तपुर) र ई. लक्ष्मण के.सी. (काठमाडौँ)
३०. धादिङ: डा. केदारनरसिंह के.सी. (नुवाकोट) र सविन तामाङ (काठमाडौँ)
३१. चितवन: विष्णुदेवी पाण्डे (नवलपुर) र ई. दिपकबाबु कँडेल (गोरखा)
३२. मकवानपुर: गंगा सुनार (काठमाडौँ) र श्रीराम लामिछाने (काठमाडौँ)
३३. भक्तपुर: डा. अमिता प्रधान (काठमाडौँ) र बाबुराजा चित्रकार (ललितपुर)
३४. ललितपुर: राजेन्द्रकुमार के.सी. (काठमाडौँ) र मनकुमारी गुरुङ (गोरखा)
३५. काठमाडौँ: चिनकाजी श्रेष्ठ (गोरखा) र सार्कीमान वल (काभ्रेपलाञ्चोक)
गण्डकी प्रदेश
३६. गोरखा: मुना भुसाल (पर्वत) र विष्णुबहादुर क्षेत्री (कास्की)
३७. लम्जुङ: प्रकाश पन्थ (तनहुँ)
३८. तनहुँ: रामचन्द्र त्रिपाठी (कास्की)
३९. कास्की: गणेश सापकोटा (नवलपुर), रेशमबहादुर वानियाँ (म्याग्दी) र विष्णु पौडेल (स्याङ्जा)
४०. मनाङ: तुलसी नारायण श्रेष्ठ (लमजुङ)
४१. मुस्ताङ: डा. कृष्ण गौतम (तनहुँ)
४२. पर्वत: जगदीशचन्द्र उपाध्याय (बागलुङ)
४३. स्याङ्जा: सनम वेगम (पर्वत) र डा. कृष्णप्रसाद पौडेल (कास्की)
४४. म्याग्दी: लक्ष्मी आचार्य (तनहुँ)
४५. बागलुङ: कृष्णबहादुर के.सी. (कास्की) र मनोहर पराजुली (नवलपुर)
४६. नवलपुर: जीतनारायण श्रेष्ठ (चितवन) र सुशिल भट्ट (काठमाडौँ)
लुम्बिनी प्रदेश
४७. नवलपरासी (बर्दघाट सुस्ता पूर्व): रामबहादुर कार्की (रुपन्देही) र रमेश खनाल (रुपन्देही)
४८. रुपन्देही: राजेन्द्र गोपाल सिंह (पाल्पा) र निमा गिरी (प्यूठान)
४९. कपिलवस्तु: कमलप्रसाद भुसाल (अर्घाखाँची) र कमलकिशोर घिमिरे (दाङ)
५०. पाल्पा: निर्मला क्षेत्री (अर्घाखाँची) र हरिप्रसाद न्यौपाने (रुपन्देही)
५१. अर्घाखाँची: छन्दबहादुर पहराई मगर (गुल्मी)
५२. गुल्मी: राधेश्याम पाठक (नवलपरासी) र कृष्ण गिरी (कपिलवस्तु)
५३. रूकुम (पूर्वी भाग): लेखनाथ पोखरेल (अर्घाखाँची)
५४. रोल्पा: अमरप्रसाद भण्डारी (प्यूठान)
५५. प्यूठान: दिनेश सुनार (गोरखा)
५६. दाङ: पवित्राकुमारी अर्याल (बर्दिया) र शंकर तिवारी (नवलपुर)
५७. बाँके: केशवराज शर्मा आचार्य (दाङ)
५८. बर्दिया: मोतीलाल भण्डारी (गुल्मी), प्रदीपराज शर्मा (दाङ) र प्रेम भण्डारी (गुल्मी)
कर्णाली प्रदेश
५९. रूकुम (पश्चिम भाग): महेन्द्र शाह (जाजरकोट)
६०. सल्यान: तीर्थजंग शाही (सुर्खेत)
६१. डोल्पा: जानकी सिंह (सुर्खेत)
६२. जुम्ला: छायाँ सुनार (कालिकोट)
६३. मुगु: रामदेवी खड्का (जुम्ला)
६४. हुम्ला: कमलराज रेग्मी (सुर्खेत)
६५. कालिकोट: सूर्यबहादुर वि.क. (दैलेख)
६६. जाजरकोट: गोपालजीजंग शाह (रुकुम पश्चिम)
६७. दैलेख: दिपकजंग शाह (जाजरकोट) र खड्ग डाँगी (रुकुम पश्चिम)
६८. सुर्खेत: नारायणप्रसाद भट्टराई (कालिकोट)
सुदूरपश्चिम प्रदेश
६९. बाजुरा: टिकाराम खनाल (अछाम)
७०. बझाङ: गोविन्दराज बोहरा (कञ्चनपुर)
७१. डोटी: निपा चोख्याल (कैलाली)
७२. अछाम: हिमबहादुर रावल (कैलाली) र लेखराज जोशी (कञ्चनपुर)
७३. दार्चुला: गोविन्दराज जोशी (कञ्चनपुर)
७४. बैतडी: सन्तोषी साउँद ऐरी (कञ्चनपुर)
७५. डडेल्धुरा: गणेश भट्ट (दार्चुला)
७६. कञ्चनपुर: नरेन्द्रप्रसाद भट्ट (बैतडी) र पदमराज पन्त (दार्चुला)
७७. कैलाली: जगतप्रसाद जोशी (बझाङ) र युवराज पाण्डेय (स्याङ्जा)
