सीडीओ रिजाललाई बोलाएको बेला हाजीर हुने गरी छाडियो
जेनजी आन्दोलनको बेला राजधानी काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ ।
जेन जी आन्दोलनमा दमन गरेको आरोपमा गौरी बहादुर कार्की आयोगले कारवाही सिफारिस गरेका सीडीओ रिजाललाई
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको थियो ।
तर, उनलाई पछि बोलाएको बेला उपस्थित हुने गरी छाडिएको बताइएको छ । जेन जी आन्दोलन जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक, आइजीपी चन्द्र कुबेर खापुङ र प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्यान मुद्धामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
प्रधानमन्त्रीमा बोलेन्द्र शाह निर्वाचित भएपछि उनको नेतृत्वको पहिलो मन्त्रिपरिषद् वैठकले सो प्रतिवेदन राजनीतिक व्यक्तिहरुके हकमा कार्यान्वयन गर्ने र प्रहरी तथा अन्यको हकमा समिति बनाउने निर्णय गरेको थियो । निर्णय गलत्तै प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।
उनीहरुको पक्राउपछि प्रहरीले तत्कालिन प्रमुख जिल्ला अधिकारीको हैसियतमा रिजाललाई पनि पक्राउ गरेको हो ।
