हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लासहित देशभर फागुन २१ गते नै निर्वाचन हुने स्पष्ट पारेकी छन्। बिहीबार सोलुखुम्बु पुगेर निर्वाचन तयारीको स्थलगत अवलोकन तथा सरोकारवालासँग छलफल गर्दै उनले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकार तयार रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने कुनै अवस्था नरहेको उल्लेख गर्दै हिमाली भेगका चुनौतीलाई ध्यानमा राखेर आवश्यक सुरक्षा, सामग्री ढुवानी र वैकल्पिक व्यवस्था गरिएको जानकारी दिइन्। उनले निर्वाचन भयरहित, शान्त र निष्पक्ष रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदाता, राजनीतिक दल र उम्मेदवारलाई ढुक्क हुन आग्रह गरिन्।
