मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, गोरखापत्रको अध्यक्षमा भण्डारी नियुक्त
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको आगामी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने लगायतका ६ वटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। यसका साथै सरकारले वित्तीय क्षेत्रलाई थप व्यवस्थित बनाउन ‘वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ २०८६/८७’ र मानव बेचबिखन नियन्त्रणका लागि ‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२’ लाई समेत स्वीकृत गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगका क्षेत्रमा पनि सरकारले केही महत्त्वपूर्ण कदम चालेको छ। बैठकले सन् २०२५ को भूकम्पबाट क्षति पुगेको म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
साथै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९ईसीमोड० को सदस्य राष्ट्रको रूपमा नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान बापतको २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न पनि स्वीकृति दिइएको छ। त्यस्तै सरकारले सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुरका गोविन्द प्रसाद भण्डारी (अखण्ड भण्डारी) लाई नियुक्त गर्ने निर्णय गरेको छ।


