एनपीएलमा आज सुदूरपश्चिम र पोखरा प्रतिस्पर्धा गर्दै

तु खबर संवाददाता
२०८२ मंसिर ५, शुक्रबार ०९:२४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ।

विराटनगर किङ्ससँग हारेको पोखरा पहिलो जितको खोजीमा छ भने काठमाडौंविरुद्ध जित निकालेको सुदूरपश्चिम दोस्रो जित निकाल्ने रणनीतिमा छ।

सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता टोली हो भने पहिलो संस्करणमा पोखराले राम्रो प्रदर्शन गर्न सकेन। पोखराले दोस्रो संस्करणको पहिलो खेलमा एनपीएलकै सर्वाधिक उच्च २२१ रनको लक्ष्य पक्ष्याएकोमा ५३ रनको फराकिलो अन्तरले हार बेहोर्न पुग्यो।

यता काठमाडौंसँगको पहिलो खेलमा हारको नजिक नजिक जस्तै पुगेको सुदूरपश्चिमले भने पुनरागमन गर्दै २९ रनले जित निकाल्न सफल भएको थियो। गत वर्ष सुदूरपश्चिमले पोखरा विरुद्ध ५ रनले जित हाँसिल गरेको थियो।