भीमफेदीमा मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु

तु खबर संवाददाता
२०८२ कार्तिक ३०, आईतवार २१:४०

मकवानपुर । यहाँको बुङ्दल खोला पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका– ५ र भीमफेदी गाउँपालिका– १ को सिमानास्थितमा पर्ने यो खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुई जनाकै पहिचान भने हालसम्म खुल्न सकेको छैन ।

बा।प्र।०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झन्डै ५० मिटर तल बुङ्दल खोलामा खसेको र आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।