लिग– २ को दोस्रो खेलमा नेपालले यूएईसँग खेल्दै

तु खबर संवाददाता
२०८२ कार्तिक १३, बिहीबार १०:२७
तस्बिर क्रेडिट : क्यान

काठमाडौं । आइसिसी विश्वकप लिग –२ अन्तर्गतको जारी श्रृङ्खलामा आज दिउँसो ११ः१५ मा नेपालले यूएईसँग खेल्दैछ।

दुबईको आइसीसी क्रिकेट एकेडेमीमा नेपाल र यूएईबीच आज खेल हुन लागेको हो ।

जारी श्रृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ठूलो अन्तरको हार बेहोरेको थियो। भने यूएईले पनि पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो।

अमेरिकासँगको खेलमा नेपालले अपेक्षाकृत प्रदर्शन सकेन । जसको कारणले नेपाल दबाबमा छ । ब्याट नचल्दा नेपालले अमेरिकासँग हार व्यहोरेको थियो ।