एक करोड १० लाख अबैध रकमसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले एक करोड १० लाख ७० हजार रुपैयाँसहित सानो भर्याङबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले धादिङको निलकण्ठ नगरपालिका–२ घरकी २२ वर्षीया रोजिना सुनार र ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ अबैध रकमसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूबाट ठूलो रकमसँगै सुनका विभिन्न गरगहनाहरू पनि बरामद भएका छन्। बरामद सामानमा सुनका बाला दुई थान, झुम्का चार थान, औठी तीन थान, नत्थी र सिरबन्दी रहेका छन्। साथै पाँच थान मोबाइल, एप्पलको म्याकबुक, र बागमती प्रदेश ०१–०३१ च ५२६२ नम्बरको बीआरभीडी कार समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेकामध्ये रोजिना सुनार बैंकिङ कसुरका फरार प्रतिवादी रहेको खुलेको छ। उनीहरूलाई हुण्डी गर्न नहुने कसुरमा आठ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।



