मन्त्रिपरिषद् विस्तार : पाँच नयाँ मन्त्रीलाई शपथ आज दिउँसो २ बजे
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासले नवनियुक्त मन्त्रीहरूको शपथ आज सोमबार दिउँसो २ बजेका लागि निर्धारण गरेको छ।
हालसम्म सरकारमा तीनजना मात्र मन्त्री रहेका छन्। नयाँ मन्त्रीहरूको पद तथा गोपनीयताको शपथसँगै अन्तरिम मन्त्रिपरिषद् सात सदस्यीय बन्नेछ।
