सामाजिक सञ्जाल बन्द भएपनि टिककट र भाइबरसहित ५ एप सञ्चालनमा रहने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार, दर्ता प्रक्रिया पूरा नभएका एपहरू क्रमिक रूपमा बन्द गरिनेछन् र सूचीकरण प्रक्रिया पूरा भएपछि मात्र पुनः सक्रिय गरिनेछ।
तर, नेपालमा पहिले नै सूचीकरण भइसकेका पाँचवटा सामाजिक सञ्जाल—भाइबर, टिकटक, विटक, निम्बज र पोपो लाइभ—सञ्चालनमा रहनेछन्।
त्यस्तै, टेलिग्राम र ग्लोबल डायरी हाल सूचीकरण प्रक्रियामा रहेका छन्। मन्त्रालयले सामाजिक सञ्जालको दर्ता प्रक्रिया पूरा नगरेको खण्डमा एपहरू बन्द गरिने जानकारी दिएको छ।



