लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिमा नेपालको आपत्ति

तु खबर संवाददाता
२०८२ भाद्र १४, शनिबार १९:५६

काठमाडौं । चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन मिलेर नेपाली भूमी प्रयोग गरी व्यापारिक मार्ग बनाउने सहमति गरेकोप्रति चीन समक्ष आपत्ति जनाएका छन् ।

आज शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएको मिडियाहरुले लेखेका छन् ।

नेपाली भूमीको प्रयोग गरी व्यापारिक मार्ग बनाउने गरी भएको सहमतिका विषयमा चीनका राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले आपत्ति व्यक्त गरेको राईले जानकारी दिएका छन् ।

केही समयअघि भारत र चीनका बीचमा नेपाली भूमी लिपुलेक हुँदै व्यापारिक मार्ग बनाउने सहमति भएको थियो । सो सहमतिविरुद्ध नेपाल र भारतमा चर्को विरोध भइरहेको छ ।