विश्वासको मतमा नेमकिपा तटस्थ बस्छ : गोसाई

हेटौंडा । नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशसभामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने सन्दर्भमा तटस्थ बस्ने जनाएको छ ।
आज मंगलबार प्रदेशसभामा बोल्दै सो दलका नेता सुरेन्द्र राज गोसाईंले नेमकिपा तटस्थ बस्ने जानकारी दिएका हुन् ।
बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत पाउँ भनी प्रदेशसभामा राखेको प्रस्तावमाथि छलफल गर्दै नेमकिपा संसदीय दलका नेता गोसाईंले सरकारलाई बुँदागत सुझाव राख्दै तटस्थ बस्ने जानकारी दिएका हुन् ।