सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
काठमाडौँ । कमिसन काण्ड बाहिरिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट आज मंगलबारराजीनामा दिएका छन् ।
नियुक्ति प्रकरणमा ७८ लाख घुस लेनदेनबारेको अडियो टेप बाहिर आएपछि चौफर्ती रुपमा गुप्तामाथि अनुसन्धान हुनुपर्ने र मन्त्री पदबाट बर्खास्तगी गर्नुपर्ने माग उठेको थियो । यस विषयमा प्रधानमन्त्री ओलीले समेत मौनता साधेँपछि गुप्ता राजीनामा नदिई बसेका थिए । तर, सबैतिरबाट उनलाई बर्खास्त गरी अनुसन्धान गर्नुपर्ने माग उठ्न थालेपछि गुप्ताले आज राजीनामा दिएका हुन् ।
विगत केही दिनदेखि आफ्नो नाम जोडेर घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएको बताउँदै मन्त्री गुप्ताले नखाएको विष लाग्दोरहेछ भनेर समाजिक सञ्जालमा लेखेका छन् । प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको दावी गरेका छन् ।
