संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

तु खबर संवाददाता
२०८२ असार १५, आईतवार १७:१२
file-photo

काठमाडौँ । संघीय निजामती सेवा विधेयक पारित भएको छ । आज आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट विधेयक पारित भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए ।

राज्य व्यवस्था समितिबाट पास भएर प्रतिनिधिसभामा पुगेको विधेयक जस्ताको तस्तै पास भए अवकास प्राप्त निजामति सेवाका कर्मचारीले संवैधानिक निकायमा नियुक्ति लिन २ वर्ष पर्खनु पर्नेछ । कुलिङ पिरियडको रुपमा चर्चामा रहेको यो व्यवस्था राख्नुपर्नेमा नागरिक स्तरबाट समेत दबाब थियो भने मुख्य सचिव एक नारायण अर्यालयसमेतका सचिवहरु कुलिङ पिरियड हटाउनुपर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेका थिए ।

प्रतिनिधिसभाबाट पारित यो विधेयक अब राष्ट्रियसभामा जानेछ ।

यसअघि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामति सेवा विधेयक संसदको रोष्टमबाट च्यातिदिएका छन् । यो विधेयक विभेदकारी रहेको सांसद साहको दावी छ ।