राजनीतिमा पुन: जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमाले पार्टीको सदस्यता नविकरण गरेको बताएकी हुन् ।
राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने आफ्नो उद्धेश्य रहेको स्पष्ट पार्दै भण्डारीले पार्टी सदस्यता नविकरण गरिएको जानकारी दिएकी हुन् ।
एमाले परिवारको एक सदस्यको रुपमा जोडिएको गर्व गर्ने पनि भण्डारीले बताइन् ।
यसअघि आफ्ना कुरा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई आफू हरुले महासचिव बनाएको बताए । जबजको पृष्ठभूमी तथा विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो– ओलीले भने – उहाँलाई महासचिव बनाउन हाम्रो अगवाइ थियो ।