मन्त्रिपरिषद् द्वारा चार सचिवको सरुवा

काठमाडौँ । नेपाल सरकारले चार जना सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु बुधबार सार्वजनिक गर्दै मन्त्री गुरुङले निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव महादेव पन्थको निर्वाचन आयोगमा सरुवा गरिएको हो ।
यसबाहेक गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रकमा सरुवा गरिएको छ भने डा।खगेन्द्रप्रसाद सुवेदीलाई गण्डकी प्रदेशको मुख्यसचिवको रुपमा सरुवा गरिएको छ ।