रास्वपाको नाराबाजीबीच : भिजिट भिसा प्रकरणमा संलग्नता नभएको गृहमन्त्रीको दावी

तु खबर संवाददाता
२०८२ जेष्ठ ३०, शुक्रबार १८:२०
तस्बिर : प्रतिनिधिसभा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । संघीय संसदमा बोल्दै गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजनीनामा र छानबिन समिति बनाउनु पर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रोस्टम घेराउ गरेको छ ।

नाराबाजी र घेराउका बीच गृहमन्त्रीले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् । लोकतन्त्र र सुशासनका लाष् िवर्षौदेखि क्रियाशील भएको स्मरण गर्दै मन्त्री लेखकले संवैधानिक निकायको काममा आफूले सहयोग गर्ने बताए ।

आफूबिरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंले आक्रमण भएको बताउँदै मन्त्री लेखकले यस विषयमा खेद व्यक्त समेत गरे ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउनु पर्ने मागबाट पछि हट्दै एमालेसित सहमति गरेपछि रास्वपा संसदमा एक्लै परेको
हो ।