अनेरास्ववियुको अध्यक्षमा झिनो मत अन्तरले कडरिया निर्वाचित
काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले हराउँदै डा। सुजन कडरिया निर्वाचित भएका छन् । पौडेलले ७२५ मत प्रप्त गर्दा कडरियाले ७३२ मत पाएर अध्यक्ष निर्वाचित भएका हुन् । तिब्र प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा कडरियाले बाजी मारेका हुन् ।
किर्तिपुरमा भएको निर्वाचनमा विद्युतीय उपकरणको प्रयोग गरी मतदान भएको थियो । कडरियाको नेतृत्वमा रहेको प्यानल अध्यक्ष मण्डलको प्रस्तावमा रहेको थियो ।
उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ, महासचिव दिपक धामी, उपमहासचिव कमल जोशी, सचिव आकाश घर्ती, सचिव रचना सापकोटा, सचिव समिम बाबु सचिव गोपाल नेपाल र आयोग अध्यक्ष प्रकाश बिष्ट निर्वाचित भएका छन् ।
