प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकलाई समितिमा पठाइने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान बस्ने भएको छ । बिहान ११ बस्ने तय भएको सो बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ ।
त्यसैगरी,नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।