राष्ट्रसंघका महासचिव गुटेरेसले भने, ‘सैन्य समाधान कुनै समाधान होइन’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत पाकिस्तान युद्धका सन्दर्भमा सैन्य समाधान कुनै समाधान नभएको बताएका छन् ।
उनले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्र शान्ति स्थापनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अहिले सम्बन्ध बिग्रिएको देख्दा पीडा महशुस भएको गुटेरेसले बताए ।
नागरिकहरूलाई निशाना बनाउनु अस्वीकार्य रहेको उनले बताए। जिम्मेवारहरूलाई विश्वसनीय र कानूनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
भारतले हिजो पाकिस्तानका केही भुभागहरुमाथि आक्रमण गरेपछि गुटेरेसको यस्तो भनाइ आएको हो । भारत पाकिस्तानबीच तनाव बढ्दै जाँदा त्यसले अन्र्तर्राष्ट्रियस्तरमा समेत चिन्ता थपिदिएको छ ।