भजन मनलाई शान्त राख्न आवश्यक : बानियाँ

मीन बहादुर बानियाँ, हाल लण्डनमा बस्छन् । लामो समय नेपालमा समाजिक काममा सक्रिय उनी पछि लण्डन गए । नेपालमा सामाजिक सस्थामार्फत् जनताको समस्याहरुमा जोडिएका उनी पछि त्यतिबेलाको चर्चित पत्रिकाको अध्यक्ष तथा सम्पादक भए ।
जनप्रशासनमा मास्टर्स गरेका बानियाँ समाजिक क्षेत्र, पत्रकारिता हुँदै साहित्यिक रचनामा पनि क्रियाशील भए । उनी पछिल्ला वर्षहरुमा गीत लेखन कार्यमा संलग्न छन् र ती श्रृजनाहरुमा देश, राष्ट्रप्रेस र नेपाल बोलिरहेका छन् । मकवानपुरमा करीव २ दशक प्रध्यापन पेसामा समेत संलग्न उनी अहिले साहित्य र गीत संगीत कर्ममा सक्रिय छन् ।
पछिल्लो पटक उनको शब्दमा कसरी तरौँ बोलको भजन सार्वजनिक भएको छ । देश, राष्ट्रियता हुँदै अब भजन लेखनमा पनि बानियाँले सफलता पाउँदैछन् । उनै बानियाँसित तु खबरले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरेका छौँ :
प्रश्नः देश प्रेमका गीतहरु पछि भजन लेख्न सक्रिय हुनु भए छ नि ?
भजन मानवजातिको मनलाई शान्त राख्न एकदम आवश्यक छ भन्ने महसुस गरेँ । दिनहुँको दौडधूप, मानसिक तनाव आदिबाट मानिस गुज्रिरहेको छ । मानसिक तनावबाट मुक्त हुँदा स्वस्थ समाजको निर्माण हुन्छ । भजनले मानिसको मनलाई शान्त बनाउँछ ।
आध्यात्ममा हराउँदा मानिसले आफूलाई विचलित हुनबाट नियन्त्रण गर्न सक्दछ । अहिले बजारमा आउने गीतसंगीत प्रायः मायाप्रेम, धोकामा आधारित छन् । समाजका यी सबै प्रकृयाहरु हुन् । अध्यात्मिक गीत संगीत सुन्दा मानिसले केही क्षण भएपनि आफूलाई तनावमुक्त गराउन सक्छ । त्यही भएर मैले भजन लेखनमा हात हालेको हो । यो मात्रै होइन, यस अघि पनि मैले यस्ता लेखनहरु सार्वजनिक गर्दै आएको छु । मेरा भावहरु जीवन र जगत, मानवीय आस्था र विश्वाससँग जोडिएका छन् । हुन् त मैले मेरो पहिलो एल्बम अनुज मा पनि एउटा गीत ‘चुप चाप चुप चाप जानु छ कतै अनन्त यात्रमा, उडेर हावा संगै मिल्नु छ धुलोमा अन्तमा’ भन्ने भावको गीत लेखि सकेको छु । जसलाई गायक सम्राट थापाले स्वर र संगीत दिनु भएको छ ।
यो गीत धेरै श्रोताले सुनी सक्नु भएको छ रेडियोबाट तर युट्युवमा राख्न बाँकि छ । अर्को पक्ष भनेको सायद उमेर पनि होला । पचास भन्दा माथि लागे पछि सोच र बिचारमा पनि परिवर्तन आउने रहेछ र भावना पनि त्यस्तै आउँदा रहेछन् । यो मेरो अनुभव हो सबैलाई उस्तै नहुन सक्छ । सरस्वती माताको कृपा पाउन्जेल सबै खाले रचना चाहे त्यो देश प्रेम, माया, उपदेश मुलक संदेश मुलक रचना गर्ने प्रयास गर्ने नै छु ।
अब तिमीले यस्तो खालको भाव पस्किनु भन्ने आदेश भएर नै होला, आध्यात्मिक शब्दहरु सृजना हुन् पुगेका हुन् कि ?
प्रश्नः भजन लेखनको क्षेत्रमा प्रबेश गर्नुको कारण के होला ?
म एक सनातनी परिवारमा जन्मेको, भए पनि आफनो धर्म सस्कृति, सस्कार के हो भनेर गहन रुपमा बुझ्ने अबसर नै पाइएन । सबै भन्दा ठुलो कुरा आफु को हो, यो मानव चोलामा आउनुको अर्थ के हो? हामीले आफैलाई चिन्न नसकि रहेको अवस्था छ । मानव रजो गुण, तमो गुण र सत्व गुणले भरिएको छ । कुनै समयमा कुनै एउटा गुण प्रबल भै दिँदा सोही अनुरप कार्य गरिँदो रहेछ ।
सायद परमात्माले अब तिमीले यस्तो खालको भाव पस्किनु भन्ने आदेश भएर नै होला, आध्यात्मिक शब्दहरु सृजना हुन् पुगेका हुन् कि ? अर्को कुरा अवस्था परिवेश जिम्मेवारी बोध जस्ता कुराले नै होला भक्ति भाव स्तुतिका रुपमा यो सृष्टी सर्जकलाई भजन मेरा शब्द माध्यम बनेका हुन् कि जस्तो लाग्छ ।
केहि समय यता आएर गीत संगीत बढी व्यवसायिक हुँदै आएका छन् । बिशुद मनोरंजन भन्दा पनि कसरी चल्ने, वा चलाउने भन्ने अभिप्रायले गीत संगित सिर्जना हुने गरेका छन् । शंब्द अर्थ बिहिन छन्, पाचय अपाच्य छन् तर सर्जकलाई चलाउनु छ त्यही अनुरुप सिर्जना गर्दछन । श्रोता दर्शकले पनि उसै गरी ग्रहण गरिरहेको अवस्था छ ।
प्रश्नः भजन सम्बन्धि गीत संगीतले अहिलेको बजारमा प्रतिसप्रर्धा गर्न सक्नु होला र ?
तपाइले भने जस्तै यस्तोमा अध्यात्मिक गीत संगितले कसरी प्रतिस्पर्धा गर्ला भन्ने सवाल उठ्नु ठिकै हो । तर हाम्रा समाजमा एउटा ठुलो हिस्सा छ जो अध्यात्ममा विश्वास गर्छ । आज जो जुन गीत संगीत देखेर सुनेर हुर्की रहेको जमात एक दिन यही अध्यात्मिक बाटोमा आउछ । त्यो बेला अवश्य सबैले सुन्छन् हेर्छन् र महसुस अवश्य गर्ने छन् ।
आज गीत संगीत अति महंगो हुदै छ । राम्रा सिर्जना बजारमा आउनै पाउँदैनन् । बिशेष गरी गीतकार सधै मारमा छन् । गीत चल्दा पनि नचल्दा पनि घाटामा हुन्छ गीतकार । राम्रा गीतकारहरु ओझेलमा परेका छन् । गायककार र संगीतकार आफ्नै शब्दमा गीत रेकर्ड गर्ने एउटै ब्यक्ति सबै गीतकार संगीतकार र गायक पनि एउटै ब्यक्ति हुँदा केहिलाई छोडेर सस्ता सब्द संगीत बजारमाआइ रहेका छन् । जहाँ सम्म मेरो कुरा छ, मैले प्रतिर्तिस्पर्धा भन्दा पनि समाज प्रतिको दायित्व पुरा गरेको हुँ । श्रोता दर्शकले माया गरेर सुनी दिनु भयो हेरी दिनु भयो भने मलाई पुग्छ । मैले नाफा घाटा भन्दा पनि सिंगो सनातनी समाजका लागि आफनो कर्तब्य मात्र पुरा गरेको हो ।
प्रश्नः भजन सम्बन्धि गीत संगीतको बिकासको लागि भविष्यमा तपाइको योजना के छ ?
परमात्माको इच्छा, आदेश बिना केहि हुँदैन, हाम्रा हरेक कार्य इश्वरको अज्ञा अनुसार भै रहेका हुन्छन् । मैले सके सम्म आफनो धर्म सस्कृति र सस्कार जोगाउने, जिवन जगतसँग सम्बन्धित रहेर मेरा रचानको संगालो पस्किने योजनामा छु । धेरै भन्दा धेरै जनामानसले मेरा रचनाहरु सुनेर हेरेर आफुलाई बुझ्ने कोशिस भयो भने पनि मैले आफनो सफालता भएको महसुस गर्ने छु । विभिन्न मध्यमबाट अध्यात्मिक रचना पस्किने, जसबाट केहि हद सम्म मानवमा सत्व गुणको प्रबलता ल्यान सके पनि उपलब्धि मान्नु पर्ने हुन्छ ।
अन्तमा तपाइले मलाई तपाइको पत्रिका मार्फत अफना धरणा राख्ने अवसर प्रधान गर्नु भएकोमा आभरी छु । तु खबर डट कम ले निस्पक्ष रुपमा समाचर सम्प्रेष्ण गरी रहोस् । तु खबर डटकम को निरन्त्रतामा मेरो शुभकामना पनि छ ।