एनपिएलः आजको पहिलो खेल लुम्बिनी र सुदुरपश्चिमले खेल्ने

तु खबर संवाददाता
२०८१ मंसिर २२, शनिबार ०८:३५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । गत शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो ।

आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदुपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान बिहान ९ः१५ बजेबाट सुरु हुनेछ ।

यसअघिका दुई खेलमा जित हासिल गरेको सुदुरपश्चिमले दुई खेलमा नै हार ब्यहोरेको लुम्बिनीसँग खेल्न लागेको हो । यो खेल दुबै टिमको तेस्रो खेल हो ।

यस्तै, आज दोस्रो खेलमा कर्णाली याक्सर विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

दुबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।