सवारी दुर्घटनामा परेर हेटौंडाका पाण्डेको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन ६, आईतवार ०९:१२

मकवानपुर । मकवानपुरकोे हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने अन्दाजी ६० वर्षीय रमेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, शनिबार हेटौंडा–१, गोरक्षेश्वर मन्दिरस्थित पुर्व–पश्चिम सडकखण्डमा हेटौंडाबाट थानाभर्याङतर्फ जाँदै गरेको साईकललाई एन.एल. ०१ एल ९०२६ नम्वरको ग्याँस बुलेटले ठक्कर दिएको थियो ।

उक्त ग्याँस बुलेटको ठक्कर दिँदा पाण्डे गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि उद्दार गरि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा राति नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरीले उक्त ग्याँस बुलेट र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।