ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
संङ्खुवासभा । संङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार, खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्रयाक्टर भीरबाट खस्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको थियो ।
नदीले बगाएको उक्त ट्रयाक्टरको नम्बर प्लेट खुल्न नसकेको जनाइएको छ ।
