जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट बुधबार एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्की पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेल रहेका छन् । पौडेललाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, ती महिलाले आफुलाई काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित प्यासिफिक गेष्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भनि प्रहरी समक्ष उजुरी दर्ता गराएका थिए । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
