दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १६, आईतवार ०९:०५

धनगढी । धनगढीमा आज बिहान सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहान सवा १ बजेको सयमा जिल्लाको गोदावरी नगरपालिका–१, धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा  थापाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।